मादी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने संखुवासभामा अवस्थित एक नगरपालिका हो ।

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा संखुवासभामा मादीमुलखर्क, मादीरामबेनी र मावादिन गाउँ विकास समितिहरू लाई समेटेर मादी नगरपालिका घोषणा गरिएको हो।मादी नगरपालिकाको केन्द्रभने ओखरवोटे बजार रहको छ।

नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

— नगरपालिका —मादी नगरपालिका

निर्देशाङ्क (मादी):

२७°१६′१″ उत्तर ८७°२४′३″ पूर्व /

२७.२६६९४° उत्तर ८७.४००८३° पूर्व

देश - नेपाल

विकास क्षेत्र - पूर्वाञ्चल

अञ्चल - कोशी अञ्चल

जिल्ला - संखुवासभा जिल्ला

स्थापना - मंसिर २०७१

सरकार - मेयर बिदुर कुमार लिंथेप

- उप मेयर - उर्मिला सुबेदी (नेपाल)

क्षेत्रफल - जम्मा - ११०.१ किमी२ (४२.५ वर्ग मी)

जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)

- जम्मा - १४,४७०

- जनघनत्व - १३१.४/ कि मी २ (३४०.४/वर्ग मी)

समय क्षेत्र - नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

टेलिफोन कोड +९७७-२९